अपडेट 
२०७९ माघ ९, सोमबार १२:१८

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबारको तुलनामा सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको हो। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Comment


Related News

Latest News

Trending News