अपडेट 
२०७९ माघ ९, सोमबार १३:३८

नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी छन् । उनीहरुलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई आज बिहान ११ बजेतिर पक्राउ गरिएको जनाएको छ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दुई खेलाडी पक्राउ परेको पुष्टि गरेका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार पक्राउ गरिएका दुई खेलाडीलाई अहिलेसम्म पनि केन्द्रीय अनुसन्धान ब्यूरो पुर्‍याइएको छैन ।

Comment

Related News