अपडेट 
२०७९ माघ ९, सोमबार १६:४३

अपहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको परिवारजनले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै पदर्शन गरिहेका छन् । प्रहरीकै लापरवाहीले साहद्वयको ज्यान गएको भन्दै उनीहरूले प्रहरीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका हुन।

जनकपुरधामको पिडारी चोकस्थित सडक अवरुद्ध गर्दै उनीहरू प्रहरी प्रशासनविरुद्धमा नाराबाजी गरेका छन् । दुई साताअघि आफन्तको घरमा भोज खान भारत विहार राज्य परिहार गएका युवा त्यहीँबाट अपहरणमा परेका थिए । अपहरणकारीले दश लाख फिरौती रकम माग गरेका थिए । फिरौती रकम जोहो गर्दै गर्दा आइबार उनीहरूको शव भारतको सितामढी जिल्लास्थित पर्सामा फेला परेको थियो ।

परिवाजनले प्रहरीलाई गत पुस २९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन् । परिवारजनले पहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेर्कड उपलब्ध गराएका थिए । तर, प्रहरीले उनीहरूलाई वेवास्ता गरेको आरोप लगाइएको छ । प्रहरीले समयमा चासो नलिँदा हत्या भएको उनीहरूको भनाई छ ।

Comment

Related News