अपडेट 
२०७९ माघ १०, मंगलवार ०८:३४

अपहरणपछि हत्या भएको जनकपुरधाम उपमहानगरपालिका १३ का विष्णु साह र वडा नम्बर ८ का रोहित साहको परिवारजनले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

परिवारजनले सोमबार जनकपुर– ढल्केवर सडक खण्ड अन्तर्गत पिडारी चोकस्थित सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । प्रहरीको लापरबाहीले हत्या भएको उनीहरुको आरोप छ । शव फेला परेको दश दिन अघि नै प्रहरीलाई परिवारजनले फिरौती मागेको अडियो रेर्कड र मोवाइल नम्बर बारे जानकारी गराएको बताइन्छ । तर आइतबार भारतमा उनीहरुको शव बरामद भएको थियो । प्रहरीले ज्यानको सुरक्षा दिन नसकेको भन्दै आक्रोशित भएका उनीहरु जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर पनि प्रदर्शन गरेका थिए । उनी प्रशासनविरुद्धमा चर्को नाराबाजी गरेका थिए । गृहमन्त्रीसँगै प्रहरीको राजिनामा पनि माग गरेका थिए । गत पुस २६ गते रोहित मामाको घरमा विष्णुलाई लिएर भोज खान भारत विहार राज्य परिहार गएका थिए । दुबै जना त्यहीबाट अपहरणमा परेका थिए । अपहरणकारीले साहद्वयको परिवारमा फोन गरी दश लाख फिरौती रकम माग गरेका थिए । फिरौती रकम जोहो गर्दै गर्दा आइतबार उनीहरुको शव भारतको सीतामढी जिल्लास्थित पर्सामा फेला परेको थियो ।

परिवाजनले प्रहरीलाई गत पुस २ ९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन् । परिवारजनले प्रहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेर्कड उपलब्ध गराएका थिए । तर प्रहरी उनीहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ । प्रहरीले समयमा चासो नलिँदा हत्या भएको परिवारजनको बुझाइ छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नेपालमा र पाँच जनालाई भारतमा पक्राउ गरिसकेका छन् । यद्यपि घटनाको मुख्य योजनाकार फरार रहेका छन् । प्रहरीले मनरासिस्वा नगरपालिका ६ का किसन पण्डित र मुकेश पासवानलाई नेपालबाट पक्राउ गरेका छन् । भारतीय प्रहरीले पक्राउ गरेको बारे नेपाल प्रहरीले संख्या खुलाए पनि नाम खुलाएका छैनन् ।

Comment

Related News

Latest News

Trending News