२०७९ माघ १०, मंगलवार २०:२१

मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका कन्सल्टेन्सी व्यवसायी मनोज कुमार पाण्डे कम्तीमा ३ वर्ष जेल जाने भएका छन् । काठमाडौँ जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत पाण्डेलाई दोषी ठहर गरेपछि उनी कम्तीमा ३ वर्ष जेल जाने भएका हुन्।

२०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो। गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दुवै कसुरमा दोषी ठहर गरेका हुन्। इजलासले पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिनाको कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन्। दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ।

Comment


Related News

Latest News

Trending News