अपडेट 
२०७९ माघ ११, बुधबार ०७:२०

राज्यबाट विरक्तिएर संसद भवन अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो चारैतिरबाट असफलता पाएका र राज्यको नीतिका कारण व्यापार व्यवसाय समेतमा असफलता पाएको भन्दै प्रदेश १ का इलाम फिक्कल–११ केराबारीका प्रेम प्रसाद आचार्य (सन्तोष) ले आत्मदाहको प्रयास गरेका छन् ।

व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले स्टाटसमा खुलाएका छन् । उनले सामाजिक सञ्जालमा सरकारलाई विभिन्न २५ बुँदे सुझाव समेत दिएका छन् । सरकारको अर्थनीतिकै कारण यहाँ व्यापार फस्टाउन नसकेको उनले आरोप समेत लगाएका छन् । विभिन्न विधामा दक्षता प्राप्त गरे पनि अर्थनीतिकै कारण व्यापार फस्टाउन नसकेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘राष्ट्रिय उत्पादनमा खपत शून्य गर । आयातीत वस्तुमा बरु २०% कर लगाउ । उपभोग्य वस्तुमा मूल्यवृद्धिको प्रमुख कारण भ्याट हो ।’ शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका ३६ वर्षीय सन्तोषको स्वास्थ्य अवस्था अहिले गम्भीर छ । कीर्तिपुर अस्पतालको आईसीयूमा भर्ना गरिएका उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीका अनुसार आचार्यको शरीरको सबै भागमा जलन भएको र शरीरभित्र पनि धुवाँ पसेका कारण अवस्था जटिल छ ।

आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेपछि उनको ८० प्रतिशत शरीर जलेको छ ।

Comment


Related News

Latest News

Trending News