अपडेट 
२०७९ माघ ११, बुधबार ०८:०३

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले कृषकहरुलाई उनीहरुले उत्पादन गर्ने उपजको आधारमा कार्ड वितरण गर्ने बताएकी छन् ।

बाराको पचरौता नगरपालिकाको बेनौलीमा सिरक बितरण एव सम्मान कार्यक्रममा उनले कृषकले उत्पादन गर्ने कृषि उपजको आधारमा किसानहरुलाई वर्गीकरण गर्ने बताइन । वर्गीकरण गरिएको किसानहरुलाई त्यही आधारमा कृषक कार्ड वितरण गर्ने उनले जानकारी दिइन । सरकारले किसानहरुलाई दिने राहत तथा अनुदानमा कृषक कार्ड महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्दै उनले नेपाललाई कृषि प्रधान देश भनिए पनि मल ,बीउबिजन ,बजारीकरणको समस्या यथावत रहेकाले त्यसप्रति आफू उपलब्धिमूलक कदम चाल्ने जानकारी दिइन । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री साहले ८ सय ७५ जना विपन्न परिवारलाई सिरक बितरण गरेकी थिइन ।

पचरौता नगरपालिका नगर प्रमुख जलान्धर सिंहको अध्यक्षमा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल , प्रहरी उपरीक्षक होविन्द्र बोगटी ,नेकपा एमाले बारा इन्चार्ज बलवीर चौधरी ,सह इन्चार्ज मो.समीर लगायतको उपस्थिति रहेको थियो ।

 

Comment


Related News