अपडेट 
२०७९ माघ ११, बुधबार १४:५९

जनकपुरधाममा नागरिक समाजले सांसद लक्ष्मी महतो, रेशम चौधरीलगायत मधेश आन्दोलनको क्रममा राज्यले लगाएका विभिन्न मुद्या खारेज गर्न मांग गर्दै विरोध जनाएका छन ।

बुधबार जनकपुरधाम, लहान र सिराहाबाट आएका नागरिक समाजका अगुवाहरुले जनकपुरधामको भानू चौक देखि जनक चौकसम्म विभिन्न ब्यानरसहित नारा लगाउँदै विरोध जनाएका छन ।

महोत्तरीमा प्रहरी थमन वीकको हत्या भएको समय सांसद लक्ष्मी महतो उक्त ठाउँमा उपस्थित नरहेको र राज्यले महतोमाथि झुठा आरोप लगाएर दोसी ठहर गरेको नागरिक समाजका अगुवा रामरिझन यादवले बताउनुभयो ।

यादवले सांसद लक्ष्मी महतो, रेशम चौधरीसहित मधेस आन्दोलनको क्रममा विभिन्न मुद्या लागेकाहरुलाई रिहा गर्नु पर्ने एवम सम्पूर्ण मुद्या फिर्ता लिनुपर्ने मांग राखेर विरोध जनाएको बताए ।

Comment


Related News