अपडेट 
२०७९ माघ १२, बिहीबार ०९:३४

प्रत्येक वर्ष माघ शुक्ल पंचमीको तिथिलाई बसन्त पंचमी भनी बसन्तोत्सव मनाइने परम्परा रहेको छ । यस तिथिमा नै बसन्त ऋतुको प्रारम्भ हुने विश्वास छ । यसै दिन कला एवं विद्याकी देवी सरस्वतीलाई छात्र–छात्रा तथा कलाकारहरुले धुमधामसँग अर्चना आराधना गर्ने गरिन्छ । बसन्त ऋतुहअरुको राजा मानिएको छ भने गीतामा भगवान श्रीकृष्णले ऋतुहरुमा म बसन्त छु भन्नु भएको छ । पुराणहरुको अनुसार बसन्त पंचमीको दिन ब्रहुमाजीको मुखबाट माँ सरस्वतीको प्राकट्य भएको थियो । यसको साथै जड़–चेतन आदिहरुले वाणी पाएका थिए । त्यसैले बसन्त पंचमीलाई विद्या जयन्ती पनि भनिएको र यस दिन सरस्वती पूजाको विधान रहेको छ । बसन्त पंचमीको दिन हामी ऋतुहरुको राजा बसन्तको स्वागत गर्दछौं । मानव मात्र होइन जड़ चेतन प्रकृति पनि यस महोत्सवको लागि आपूmलाई सजाउन थाल्दछन । एक पौराणिक कथा अनुसार ब्रह्माले आफनो नितान्त सात्विक क्षणहरुमा जब सृिष्टि रचनाको सकल्प गर्दा उनको गहन चिन्तनको स्वरुप उनको निधारबाट एउटी सानी केटी अवतरित भइ । उनलाई ब्रह्माले सोध्नु भयो, “तिमी को हौ ?” केटीले भनी “मेरो जन्म हजुरको चिन्तनबाट भएको हो मलाई स्थान दिनु प¥यो” ब्रह्माले भन्नु भयो– “तिमी मानिसहरुको जिव्रोमा निवास गर र वाक्शक्ति बनेर नृत्य गर्दै गर । मानिस्हरु वाक्शक्तिबाट नै वसमा हुन्छन । दुर्मुख मानिसहरुबाट श्रोताहरु टाढ़ा भाग्दछन । तर जुन मानिसहरु तिम्रो अनेक छविहरु जान्नेछन उनी कवि, मनीषि, चिन्तक कहलाउँछन, यति मात्र होइन तिमी पृथ्वीमा अदृश्य नदी जस्तो चिनिन्छौ । यसै कारणले ब्रह्माले जब कुम्भकर्णले वरदान माग्न भनेपछि सरस्वतीले कुम्भकर्णको जिव्रोमा वसी हाली र कुम्भकर्णले. छ महिना निद्रामा बस्ने वरदान मांगी हाले । पद्म पुराण अनुसार माता सरस्वतीको रुप प्रेरणादायी हो । उनी शुभ्रवस्त्र धारण गर्नु भएको छ । उनका चारवटा भुजाहरु छन र उनमा पुस्तक, वीणा र अक्षमाला हुन्छन । उनका बाहनहँस हो । शुभ्र वस्त्र हामीलाई प्रेरणा दिन्छ जसबाट हामी आफ् नो भीत्रसत्य, अहिंसा, आक्रोध, क्षमा, सहनशीलता, करणा, प्रेम र परोपकार आदि सदगुणहरुलाई बढाइयोस र काम, क्रोध, लोभ, मोह, मद, अहंकार आदि दुगुणेंहरुबाट बचाउँछ । चारवटा हाथ हाम्रो मन, वुद्धि, चित, अहंकार रुपी अन्तःकरण चतुष्टयको प्रतीक छन ।

अक्षमाला हामीलाई अध्यात्मतीर प्रेरित गर्दछ । पुस्तक ज्ञानको प्रतीक हो । दुई वटा हाथहरुमा वीणा हामाीलाई ललितकलाहरुमा दक्ष हुने प्रेरणा दिन्छ । सरस्वतीको वाहन हँस विवेकको परिचायक हो केही चित्रहरुमा सरस्वतीलाई कमल माथि देखाइएको हुन्छ । हिलोमा फुल्ने कमललाई हिलो. स्पर्श गर्न सक्दैन । प्राचीनकालमा बसन्त आगमन पछि त अप्सरा जस्ती सुन्दरीहरुको पाँवको स्पर्शले अशोकमा पनि पूmल लाग्दथियो र वन उपवनहरु विभिन्न प्रकारका फुलहरुबाट महमहा जान्थ्यो । दक्षिणी वायुको स्पर्श मात्रले जड़ जीवनमा नयाँ चेतनामको संचार भै हाल्थ्यो । त्यस बखत गाउँ गाउँ, नगर नगरमा मदनोत्सव मनाउन प्रारम्भ हुन्थ्यो । पूm,लहरुको राग रंग श्रृङ्गार, गीत संगीत, नृत्य युवक युवतीहरुको हुदयहरु कामदेवको अमोघ वाणहरुद्वारा बेधित भएपछि उनीहरु आकुल व्याकुल हुन्थे । आँखाको बाटो प्रेम अन्तर पस्छ र मनमा आँधीबेरी आउँछ । तर पुष्पवाण चलाउने कामदेवको वाहन शुक (सुगा) मानिएको छ । उसको स्वभाव नै रसिक भएकोले त्यो कुनै रमणीको कानमा विस्तारै कुरा गर्न थाल्छ र कहिले काँही रमणीकै काँधमा बसेर उसको आफ्नो प्रीतमको सन्देश दिन्छ । यस शुकको वाक चातुर्य पनि प्रसिद्ध छ । शंकराचार्य मिपिथलामा पुग्दा उहाँलाई भनिएको थियो कि स्वतः प्रमाण परतःप्रमाणं भनेर एक आपसमा शास्त्रार्थ गर्ने शुक्रहरु जसको ढ़ोकामा हुन्छ त्यै नै मण्डन मिश्रको घर हो बुझ्नुस । हाम्रो संस्कृति ऋषिमुनीहरुद्वारा निर्धारण गरिएको छ र यस संस्कृतिमा जीवनका चार पुरुषार्थहरुमा अर्थ, धर्म र मोक्षको समकक्ष कामलाई पनि मानिएको छ । पौराणिक आख्यानहरु अनुसार कामदेव की स्वास्नी रति र सखा बसन्त र उनका पाँचवटा वाणहरुमा रक्त कमल, अशोक, आम, चमेली र नीलकमल मानिएको छ । यूरोपमा यै कामदेव क्युपिड कहलाउँछ जसको दुइवटा पंखहरु हुन्छन र आँखामा पट्टी रहेको कारण त्यो पात्र र अपात्र छुट् याउन सक्दैन । यस प्रकार विद्याकी देवी सरस्वतीको अर्चनाको साथै बसन्त यो दलबल समेत आइ पुग्छन ।

Comment

Related News

Latest News

Trending News