अपडेट 
२०७९ माघ १२, बिहीबार १२:०३

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

सुन आज प्रतितोला सात सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News