
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारतको सम्बन्ध सदियौ देखि प्रगाढ रहेको घारणा व्यक्त गर्नुभएको छ । उहाले नेपाल भारत बिचको सम्बन्ध ‘रोटी– बेटी’ मात्र नभई आर्थिक देखि राजनितक सबै क्षेत्रमा प्रगाढ सम्बन्ध रहेको बताउने भयो । भारतको ७४ गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासले आयोजना गरेको बिशेष समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले धारणा व्यक्त गर्नुभएको हो ।
भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकार एवं सम्पूर्ण भारतवासीमा शुभकामना तथा बधाई दिदै मुख्यमन्त्री यादवले नेपालको विकास यात्रामा भारतको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्नु भयो । मुख्यमन्त्री यादवले भने,‘नेपालको आर्थिक विसकासंगै, लोकतान्त्री आन्दोलन र राजनैतिक स्थायीत्वमा सधै भारतले अतुलनीय सहयोग गर्दै आएको हो ।’
शुभकामना संदेश दिने क्रममा मुख्यमन्त्री यादवले ठूलो संख्यामा नेपाली नागरिकहरुले भारतमा रोजगारी प्राप्त गरी रहेको र भारतीय नागरिकहरु पनि नेपालमा रोजगारी गरीरहेको बताउनु भयो ।उहाले नेपालको शिक्षा,स्वास्थ्यको क्षेत्रमा समेत भारतले नेपाललाई गर्दै आएको सहयोग अतुलनीय रहेको बतउनु भयो । नेपाल भारतको भाषा,सास्कृती, भेष भुषा समेत एक जस्तो भएको तथा एक अर्काको सुख– दुस्खमा दुबै छिमेकि मुलुह सहयोग र सहभागी हुदै आएको कुरामा समेत मुख्यमन्त्री यादवले जोड दिनु भयो ।
उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरुको निकै ठूलो योगदान रहेको तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत भारतीय जनताको समहयोग रहेको बताउनु भायो ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका उहाले भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुख्खा बन्दगाह नेपाली उद्योगी व्यवसायीहरुलाई निकै सहयोगी बनी रहेको बताउनु भयो ।
भारतीय लगानी कर्ताहरुलाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको मुख्यमनत्री यादवले बताउनु भयो । उनले नेपाल सरकार भारतसंग कृषि, स्वास्थ्य र उर्जाको क्षेत्रमा मिलेर काम गर्न चाहेको बताउनु भयो ।
कार्याक्रममा महावाणिज्यदूत नितेश कुमारले झन्डातोलन गर्दै भारतीय राष्ट्रपति दु्रपती मुरमुरले राष्ट्रको नाम व्यक्त गर्नुभएको सन्देशको अन्स पढेर सुनाउनु भएको थियो ।साथै महावाणिज्य दुत कुमारले सम्पूर्ण भारतीय तथा नेपालीलाई गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै भारतले नेपाललाई गर्दै आएको सहयोग आउने समयमा जारी रहने बताउनु भयो ।
कार्याक्रममा जसपा संसदिय दलतका नेता एवम प्रतिनिधि सभा सदस्य रामसहाय यादव,एमालेका सांसद राजकुमार गुप्ता, अच्युत मैनाली, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम सांसद अजय चौरसिया,प्रदेश सांसद रमेश पटेल, प्रमोद जैसवाल लगायत बारा पर्साको सुरक्षा प्रमुख लगायत बिभिन्न संघ सस्थामा प्रमुख एवंम प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सांस्कृती तथा मिडिया कन्सुलर शशिभूषण कुमारले उक्त कार्यक्रम संचालन गर्नुको साथै आगन्तुक सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्याक्रममा बीरगन्ज तथा जनकपुरका ११बटा विद्यालयको छात्र–छात्राहरुले मनमोहक नृत, झाकी एवं नाटकहरु प्रस्तुत गरेका थिए ।