अपडेट 
२०७९ माघ १३, शुक्रबार ०७:५७

रौतहटको सदरमुकाम गौरमा निर्माण हुने घण्टाघरको बिहीबार शिलान्यास गरिएको छ ।

गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गौर स्थित बिपी चोकमा निर्माण हुने घण्टाघरको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव कुमार नेपालले शिलान्यास गरेका छन् । १ करोड़ ७२ लाखको लागतमा निर्माण हुन लागेको घण्टाघरले गौरको विकासमा नयाँ आयाम हुने पूर्व प्रधानमन्त्री नेपालले बताएका छन् । यस जिल्लालाई नमूनाको रुपमा बनाउने चाहना राखेको बताउँदै सांसद नेपालले शिक्षा , स्वास्थ्य ,पूर्वाधारमा अब्बल जिल्लाको रुपमा चिनिने दाबी समेत गरेका छन् । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य नागेन्द्र साह , कृष्णा प्रसाद यादव , गौर नगरपालिकाका निर्वाचित वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Comment


Related News