अपडेट 
२०७९ माघ १४, शनिबार ०७:२८

बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दाबी गोदामका सञ्चालकले बताएका छन् । चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वडा अध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाइएको जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News