अपडेट 
२०७९ माघ १४, शनिबार ०८:२२

हमर दुनु बैलुन साला धुक धुक करे (मेरो दुबै बैलुन धकधक गर्छ ) देवरा ढोरी चटना बा (देवर नाइटो चाट्छन) लहंगा उठाके अभिवादन करे (लहंगा उठाएर स्वागत गर्ने ) रात मे दीया बुताके पिया क्या क्या किया ( राति बत्ती निभाएर के के ग¥यो ) खोइल ले छौरी चुम्मा के दुकान ( खोली लेउ केटी चुम्बनको पसल ) लगायतका अति अश्लील भोजपुरी र हिन्दी भाषामा भारतीय कलाकारले गाएको गीतको यो बोलले बिहीबार र शुक्रवार सप्तरीका ग्रामीण र शहरी क्षेत्रका सरस्वती पूजास्थल गुञ्जयमान बन्यो ।

वसन्त पञ्चमीका अवसरमा विद्यार्थी,शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापूर्वक मनाउने सरस्वती पूजाको दिन बिहीबार र मूर्ति सेलाउने दिन शुक्रवारसम्म जिल्लाको अधिकांश टोलमा मात्र होइन । विभिन्न शिक्षण संस्थामासमेत यस्तै दोहोरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गीतहरु गुन्जि रहेका थिए । कतिपय विद्यालयमा शिक्षकहरुको त कतिपय टोलमा बालबालिका देखि वृद्धवृद्धासम्मको उपस्थितिमा पनि यस्ता भलगर गीतहरु डिजेमा बज्दा र पूजास्थल नजिकै लगाइएको टेलिभिजन स्क्रीनमा चलिरहँदा उनीहरु मुकदर्शक झै बनेका थिए । केही भरभलादमीले यस्ता भलगर गीतहरु नबजाउन सल्लाह दिएपछि केही विद्यार्थीले तत्कालै रोके पनि अधिकांशले अटेर गरेका थिए । धार्मिक आस्थाबाट प्रेरित भएर गरिने यस्ता पवित्र कार्यमा पनि अश्लीलताको बाहुल्य हुनुले हाम्रो संस्कृतिमाथि नै आघात पुग्नसक्ने स्थानीय वुद्धिजीवीहरु बताउँछन् । धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष इन्जिनीयर सुर्यनारायण यादवले पूजास्थल र मूर्ति विर्सजनका क्रममा यस्तो अश्लील गीत बजाउनु विकृतिको नमूना भएको बताए । ‘पूजास्थलामा डिजे लगाएर अश्लील गीत बजाउँदा समाजमा विकृति फैलिने थाहा हुँदाहुँदै पनि सम्बन्धित शिक्षण संस्थाका जिम्मेवार अधिकारीले यसलाई रोक्न नसक्नु आश्र्चयको विषय हो, उनले भने – यसतर्फ सरोकारवाला सबै मिलेर नियन्त्रणका लागि काम गर्नु जरुरी छ ।” नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले पूजास्थलमा परिवारसंग बसेर सुन्न लाज लाग्ने खालको यस्ता गीत पूजा जस्तो पवित्रस्थलमा चर्काे साउण्ड थपेर बजाउनु गलत भएको भन्दै यसमा रोक लगाउनुपर्ने बताए । धार्मिक आस्थाबाट प्रेरित भएर गरिने विभिन्न पर्व, त्योहार, पूजा लगायतका पवित्र कार्यमा अश्लीलताको बाहुल्य हुनु् विकृति मात्र होइन, संस्कृति माथि नै आघात पुग्नसक्ने भन्दै स्थानीय वुद्धिजीवीहरुले यसतर्फ बेलैमा ध्यान पु¥याउन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।

Comment


Related News