२०७९ माघ १५, आईतवार ०७:१७

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टी प्रवेश गराएकी हुन्।

उक्त दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको गौतमले बताएकी छन्। ‘मलाई देशका पुराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए। तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु। आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ। म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु। यो मेरो प्रण हो,’ उनले भनिन्। पार्टीलाई अरू दलभन्दा फरक रूपमा उभ्याउने उनले बताएकी छन्।

Comment


Related News

Latest News

Trending News