नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बाम एकता मुलुककोलागि आवश्यकता भएपनि स्वार्थले त्यसमा बाधा पु¥याइरहेको बताएका छन् ।
पार्टीको जिल्ला कमिटी सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । पार्टीका संस्थापक नेता पुष्पलालले पनि २००६ सालमा आफ्नै पार्टीमा विद्रोह गर्नुपरेको प्रसङ्ग राख्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टीमा विग्रह आएको टिप्पणी गरे । आफूहरुले एमालेलाई क्रान्तिकारी पार्टीको रुपमा उठाएको दाबीका साथ ओली नेतृत्वमा आएपछि एकल निर्णय गर्न थालेपछि आफूहरुले पनि विद्रोह गर्नुपरेको जिकिर दोह्¥याए । “पार्टीमा सामूहिकताको विचारलाई प्राथमिकता दिइन्छ” उनले भने “तर ओली नेतृत्वको समयमा त्यसको कुनै पालना नभएका कारण विद्रोह गर्नु परेको हो ।
” एकल निर्णयकै आधारमा ओलीले प्रधानमन्त्री भएका बेला राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेको भन्दै उनले अदालतले उनको उक्त कदमलाई गैरसंबैधानिक ठहर गरिसकेको उल्लेख गरे । नेता नेपालले भने, “ओलीले संसद विघटन गरेर मुलुकमा ठूलो समस्या खडा गरेकै हुन्” आफूहरु विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य गरी दुबै विकल्पका लागि तयार रहेको बताउँदै उनले संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलसित मिलेर जान सकिने भन्दै त्यसका लागि छलफलमा रहेको समेत बताए ।