
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पुराना दलका नेताहरु आम जनतामाथि दमन, शोषण, अन्याय र अत्याचार गर्न थालेपछि आम जनताको रक्षा तथा देशको स्थायित्व एवम् निकासका लागि आफूले पार्टी खोलेको बताएका छन् ।
पुराना राजनीतिक दलहरुले देश बनाउने नाममा भ्रष्टाचार गरेर अकुत सम्पति आर्जन गरी देशलाई आर्थिक संकटमा धकेल्नुका साथै जनतामाथि शासन गर्न थालेपछि उनीहरुको निरंकुश प्रवृत्तिलाई अन्त्य गरी जनतालाई न्याय दिलाउन आफ्ना नेतृत्वमा आम जनता पार्टी गठन गरेको साहले बताए । गृह जिल्ला रौतहटको मौलापुर नगरपालिकाको मौलापुर स्थित नवनिर्मित पिकनिक पार्क तथा होटलको उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका अध्यक्ष साहले देशका ठूल–ठूला पुराना दलहरुले देशलाई निकास दिन नसक्ने बताउँदै अब आजपाले मात्र देशलाई विकसित र समृद्ध बनाउने दाबी गरे । नेताहरु जनतामाथि राज अर्थात शासन गर्न थालेपछि पार्टीमा पहुँच भएका व्यक्ति, ठेकेदार, तस्कर, गुण्डा लगाएत नेताको संरक्षणमा रहेकाहरुको मात्र काम हुने र ठूला पार्टीमा नहुने आम जनताको कुनै काम नै नहुने प्रवृत्ति बढेपछि देशमा नेताको होईन जनता राज ल्याउन आपूmले माओवादी हुँदै नेकपा एमाले त्याग गरी नयाँ पार्टी खोलेको बताए । आम जनताको लागि लड्ने कोही नभएकोले देशमा गरिब, विपन्न नागरिक, किसान लगाएत उत्पीडनमा परेका समुदाय तथा जातजातिलाई यो देशमा आम जनताको लागि पनि लड्ने आम जनता पार्टी छ भन्ने सन्देश दिन तथा अनुभूति दिलाउन आपूmले नयाँ ढंगले अगाडि बढेको उनले बताए ।
रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसा सदस्य तथा पूर्व मन्त्री साहको मार्ग निर्देशनमा मौलापुर स्थित भकुवा खोलाको पच्छिमी तटमा करोडौंको लागतमा सुविधा सम्पन्न पिकनिक पार्क तथा होटल सञ्चालनमा आएको छ । मौलापुर नगरपालिकाको १ करोड ३० लाख सहित अन्य विभिन्न निकाय र व्यक्तिहरुको गरी २ करोड ७४ लाखको लागतमा २९ कठ्ठा क्षेत्रफलमा २४ वटा कोठा भएको तिन तले भवनको शनिवार एक कार्यक्रमका बीच सांसद साहले उद्घाटन गरे । सो भवनमा दुई सय क्षमताको तालीम गोष्ठी सेमिनारको लागि छुट्टै हलको व्यवस्था गरिएको छ भने भोज भतेर तथा पार्टीका लागि ३ सय ५० जना क्षमताको छुट्टै शेड निर्माण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।