अपडेट 
२०७९ माघ १५, आईतवार १२:३२

भारत उतर प्रदेशको अयोध्यामा भगवान रामको मूर्ति निर्माण गर्न नेपालको कालीगण्डकीबाट ल्याईएको देवशिला जनकपुरधाम आईपुगेको छ ।

शनिबार राति जनकपुरधाम ल्याइएको दुईवटा देवशिलाको आईतबार बिहान जानकी मन्दिर प्रांगणमा विशेष पूजा अर्चना गरिएको छ ।

देवशिलाको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, प्रतिनिधि सभा सदस्य जुली महतो लगायतले पूजा अर्चना गरेका हुन् ।

देवशिला दर्शनको लागि जानकी मन्दिर प्रांगणमा आज दिनभरि रह्ने र सोमबार बिहान पुनः पूजापाठ गरि अयोध्याको लागि हिँड्ने जानकी मन्दिरका मानमहन्थ राम तपेश्वर दासले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News