अपडेट 
२०७९ माघ १५, आईतवार १४:१९

मधेश प्रदेशका नव नियुक्त मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधिश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त भएका हुन्।

Comment


Related News