अपडेट 
२०७९ माघ १५, आईतवार १७:४५

मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् ।

बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आइबार दिउँसो पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजश्वलाई बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए ।

Comment


Related News