अपडेट 
२०७९ माघ १५, आईतवार १७:५४

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ ।

धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।

गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुनः कायम भएपछि उहाँ फेरि सभापति हुन योग्य हुनुभएको हो ।

Comment

Related News