
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीका ३५ वर्षीय मोस्तकिम नदाफको १३ असोजमा खाडी मुलुक कतारमा दुर्घटनामा परी मृत्यु भएको थियो । कतार गएको दुई महिनामै कारमा ठोक्किएर उनको घटनास्थलमै ज्यान गएको थियो । मृतकका भाइ नइम नदाफ पनि कतारमै रहेकोले उनको शव एक सप्ताह भित्रै नेपाल ल्याइयो । ऋणै ऋणमा डुबेको उनको परिवारजनले मृतकको दाहसंस्कारसमेत गरे । दाहसंस्कार सकिएको दुई/तीन दिनमै मोस्तकीमको घरमा अर्को बज्रपात प¥यो । साहुमहाजनहरु पैसा माग्न ताकेता गर्न थाले । त्यसपछि मृतकका परिवारजन बीमाको रकम निकाल्ने तर्फ लागे ।
मृतककी २७ वर्षीया श्रीमती गुलशन खातुनलले भनिन्,‘बीमाको रकम निकाल्नका लागि स्थानीय तहको सिफारिसदेखि जिल्ला प्रशासन कार्यालयबाट गराउनुपर्ने कागजी काम दुई तीनमै सकियो । तर वैदेशिक श्रम स्वीकृत बीमाको रकम पाउन धैरै नै दौडधूप गर्नुप¥यो ।’ दुई महिना दौडधूप गरेपछि मात्रै उक्त बीमाको रकम जनकपुरधामस्थित ज्योति लाइफ इन्सोरेन्सले उपलब्ध गराएको उनले आरोप लगाइन् । सुरुको एक महिनासम्म बीमा कम्पनीले काज नै पूरा नभएको भन्दै विभिन्न बहाना बनायो, उनले भनिन्,त्यसपछि बीमाको १४ लाख रकम लिन ५ लाखको बीमा गराउनुपर्ने शर्त राखियो ।’ ‘हाम्रो परिवार निकै गरिब छ, धेरै साहुमहाजनसँग उहाँले नै (श्रीमान) ऋण लिनु भएको थियो, साहुमहाजनहरुले पैसाको लागि धेरै ताकेता पनि गरिरहेका छन, म अहिलेको अवस्थामा बीमा गराउनसक्ने अवस्थामा छैन भनेर हार गुहार गरे, उनले भनिन्, तर पनि इन्सोरेन्स कम्पनीमा कामगर्ने मिराज सरले मेरो कुरा सुन्नु भएन,उल्टै हप्काएर पठाइ दिए ।’ त्यसपछि नियमित र ती कार्यालयमा पैसाको लागि जाने थाले उनले भनिन,‘ कहिले बीमाको पैसाबारे तपाइलाई थाहा थिएन, हामीले नै जानकारी गराएको हो,पैसामा हामीले जानकारी नगराएको भए,तपाई यो पैसा पनि पाउने अवस्थामा थिएन । ‘५ लाखको बीमा गराएपछि मात्रै तपाइलाई फाइदा हुन्छ भनेर फकाउन थाले, तर मलाई साहुमहाजनको पैसाको चिन्ता थियो, आज उहाँहरुको पैसाँ तिर्न सकेकन् भने भोलि बस्ने घरपनि गुमाउनुपर्ने अवस्था आउँछ, कहाँबाट ऋणको ब्याज तिर्ने छौ,त्यसैले म बीमा गराउन सकिन्न भनिरहे, उनले अगाडि भनिन्,‘ पत्रकार र गाउँ समाजका व्यक्तिलाई लिएर त्यस कार्यालयमा पुगेपछि मात्रै बीमाको सम्पूर्ण रकम पाए ।’
यता, मृतकका दुई छोरा एक छोरी रहेको छ । कमाउने जवान छोराकै अकालमा मृत्यु भएपछि मुस्लिम नदाफ(मृतकका पिता) अझैपनि शोकाकुल अवस्थामा छन् । छोरालाई सम्झेर धरिधरि उनको आँखा रसाएर आउँछ । नातिनातिननसँगै बसेका मोस्तकिमले भने,‘ यी स–साना अबोध बच्चाहरुको सहारा नै खोसियो । मेरो जिउँमा पनि अब त्यति ताकत छैन, अब कसरी यिनीहरुको जीवन काट्नु अल्लाहकै हातमा छ ।’ घटनाको ढेड महिना अघि ४ लाख रुपैयाँ महाजनसँग प्रति सैकडा ३ रुपैयाँ ऋण लिएर अजाद भीसामा मोस्तकिम कतार गएका थिए । मुस्लिमले भने,‘ मैले भनेको किन यति पैसा लिएर ऋण गरेर विदेश जान्छौ, यही कुनै काम धन्दा गर । तर मेरो कुरा सुनेन्, भनियो विदेशमा कमाएर राम्रो घर बनाउँछौ । तपाईलाई हज गराउँछौ । न छोराले घर बनाउन सकियो र न त मलाई हज नै गराउन सके । उ आफै हामीलाई छोडेर गयो । अब यी नाति नातिनिहरुको भविष्यको चिन्ता छ । तर अल्लाहले सबै सर्पाछन् भने विश्वास छ ।’