अपडेट 
२०७९ माघ १६, सोमबार ०७:२९

शहीद दुर्गानन्द झाको स्मारक शिलान्यास भएको छ । आइतबार जनकपुरधाम उपमहानगरपालिका–२३ लादो बेलास्थित सिक्स लेन सडक खण्डमा स्मारकको शिलान्यास गरिएको छ ।

६० औं बलिदानी दिवसको अवसरमा करिब डेढ करोडको लागतमा उनको स्मारक बन्न लागेको जनाइएको छ । चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी शहीद झाका श्रीमती काशी देवीले स्मारक निर्माणको शिलान्यास गरेकी छन् । वि.स. २०१८ साल माघ ९ गते उनले तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेका थिए । बम प्रहार गरेको दुई वर्षपछि झालाई २०२० माघ १५ गतेको मध्यरात्रिमा सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी मृत्युदण्ड दिइएको थियो । जनकपुर बौद्धिक समाजले उनको स्मारक निर्माण गर्न २०६५ असार ९ गते अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिको गठन गरेको थियो । सो समिति गठन भएको १४ वर्ष वितिसक्दा पनि विभिन्न अवरोधका कारण स्मारक निर्माण हुन सकेको छैन् । नेपाल गणतन्त्र घोषणा भएपछि २०६५ असार ९ गते जनकपुर बौद्धिक समाजद्वारा झाको स्मारक निर्माण समिति गठन गरिएको थियो । २०६६ श्रावण ९ मा निर्माण समितिको माग अनुसार स्मारक निर्माण गर्न जानकी मन्दिर गुठी कार्यालयद्वारा मन्दिर अगाडिको पार्क (फूलबारी) मा लिखित रुपमा जग्गा जानकी मन्दिरका महन्थबाट उपलब्ध गराएको थियो । त्यसको दोश्रो सप्ताह साउन २१ गते दुर्गानन्द झाकी धर्मपत्नी तत्कालीन संविधानसभा सदस्य काशीदेवी झाद्वारा स्मारकको शिलान्यास गराइएको थियो ।

दुर्गानन्द झाको पूर्ण कदको प्रतिमा निर्माण भइसकेको स्मारकको जग परेपछि निर्माण कार्य २०६७ चैत्र ८ मा जनकपुर पुनरावेदन अदालतद्वारा निर्माणमा रोक लगाइएको थियो । आर्थिक र जग्गा अभावमा पनि उनको स्मारक हालसम्म निर्माण हुन सकेको थिएन ।

Comment


Related News