अपडेट 
२०७९ माघ १६, सोमबार ०७:४३

“घाँटी हेरी हाड निल्नु” भन्ने नेपाली उखान आज पनि हाम्रो दैनिक जीवनमा प्रयोगमा आइरहने लोकवाणी अथवा लोकोक्ति हुन् । नेपाल जस्तो आर्थिक रुपले कमजोर देशमा चर्को ब्याजदरमा वैदेशिक ऋण लिएर एक पछि अर्को अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको कार्यलाई प्राथमिकता र महत्व दिनु बुझिन सक्नुछ । भैरहवा अन्तर्राष्ट्रिय विमान स्थलले अहिलेसम्म सन्तोषजनक मात्रामा अन्तर्राष्ट्रिय उडान गर्न नसकिरहेको अवस्थामा हत्तार हत्तारमा पोखरा अन्तर्र ाष्ट्रिय विमान स्थललाई पनि प्रयोगमा ल्याउने काम भयो । अन्तर्राष्ट्रिय विमानको उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको पहिलो उडान अथवा उद्घाटनउडान हुनेपर्नेमा आफ्नै देशको विमानबाट नै यसको उद्घाटन भयो । उद्घाटन समारोहमा नेपालका लागि कार्यवाहक चिनियाँ राजदूतले बिआरआई अन्तरगत प्रदान गरिएको ऋणबाट यसको निर्माण भएको दाबी गरेर नेपाल सरकारलाई असहज अवस्थामा ल्याई दिने कमि त भयो नै सम्भवतः पहिलो कमर्शियल उडान नै दुर्घटनाग्रस्त हुन गयो । मकर संक्रान्तिको दिन पुरा देश आफ्नो धार्मिक आस्था अनुसार उत्सव मनाइरहेका बखत ७२ जना यात्रुको दुःखद निधनको समाचारले नेपालसहित पुरै विश्वलाई नै दुःखी बनाउने काम ग¥यो ।

विमान दुर्घटनाको सत्य तथ्य सार्वजनिक हुन सकेको छैन । ब्लैकबक्सको अध्ययन पश्चात नै यसको वास्तविकता बाहिर आउनेछ । पहिलो उडान नै दुर्घटनाग्रस्त भएपछि यसले अन्तर्राष्ट्रिय मान्यता पाउनमा पनि समस्या हुनेछ । अन्तर्राष्ट्रिय विमानहरुको उडान पनि अपेक्षित अथवा सन्तोषजनक संख्यामा हुने सक्ने छैन । भैरहवा विमानस्थलमा बढी चिसोमा कतिपय उडानहरु हुनै सकेन । अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई सञ्चालनमा ल्याउन हत्तार गर्नुहुँदैन । हरेक तरहले निर्माण कार्य सम्पन्न भएपछि मात्रै यसमा उडानको अनुमति प्रदान गर्नुपर्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण पनि चिनियाँ निर्माण कम्पनीले ७ महिना अघि नै गरेको थियो । त्यतिबेला पनि केही काम बाँकी नै रहेको समाचारहरु आइरहेको थियो । चिनियाँ ऋण लिएर यसको निर्माण गर्नु पनि कम चूनौतीपूर्ण कार्य छैन । यसको नियमित र अपेक्षित संख्यामा संचालन भएपछि मात्रै यसबाट नाफा निकाल्न सकिने छ । जबकि चीनले भने ऋाण दिए वापतको ब्याजको रकम लिन अथवा जोड्न थाल्यो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलकै संचालन चूनौतीपूर्ण रहेको छ । भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनीको दर्शन गर्न आउने विदेशी पर्यटकहरुबाट मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको खर्चलाई उठाउन सकिदैन । साढे सात महिना अघि १६ मे सन् २०२२ मा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । निर्माण भइसकेको विमानस्थलबाट लाभ कसरी उठाउने भन्ने दिशामा ध्यान दिनु जरुरी छ । सम्भाव्यता अध्ययन बिनाकै निर्माण कार्यको थालनी गर्नु बुद्धिमानी होइन ।

नेपालमा प्राविधिक र व्यवसायिक सम्भाव्यताको ठाउँमा केवल आफ्नो निजी राजनीतिक र आर्थिक लाभ हेरेर विमानस्थलको निर्माण गर्ने काम भइरहेसम्म देशले प्रगति गर्न सक्दैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको एन्जिम बैंकको २७ अर्ब भन्दा बढी ऋणमा र त्यो पनि २ प्रतिशतको ब्याजदरमा निर्माण भएको हो । भैरहवा विमानस्थलको निर्माणमा जग्गाको मुआब्जासहित ३१ अर्ब रुपैयाँको लगानीमा भएको हो । यसको अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माणमा १४ अर्ब रुपैयाको ऋण लागत आउने सम्भावना रहेको छ । नेपालमा २०–२५ मिनेटको दुरीमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्नुको औचित्य बुझिएन । हामीभन्दा ठुलो अर्थतन्त्र भएको भारत र चीनमा पनि भरसक यति सानो दुरीमा तीन–चार वटा अन्तर्राष्ट्रिय विमानस्थल भएको उदाहरण छैन । विदेशी पर्यटक नेपाल भित्रिने पर्याप्त पूर्वाधारको तयारी पनि भएको हुनुपर्छ । भैरहवा र पोखरापछि बाराको निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको विषयले चर्चा पाएको छ । ८० देखि १०० अर्ब लगानी गरेर तथा बारामा रहेका घना जंगल मासिएर पर्यावरणलाई हानी पु¥याएर नयाँ विमानस्थलको निर्माण गर्नुको कारण बुझिएन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कति फ्लाइट हुन्छ ? कहाँ–कहाँबाट हुन्छ, कति पर्यटक भित्रिन्छन् ? विमानस्थलको लागत, कतिवर्षमा खर्च उठ्न सक्दछ ? भन्ने विषयमा पहिले नै विचार गर्नुपर्ने हुन्छ । लागत अनुसारको खर्च पनि चाँडै उठन सक्ने र नाफा आउन सक्ने कार्यमा मात्रै हात्त हाल्नु बुद्धिमानी कहलिन्छ । महालेखा परीक्षणको ५९ औं प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालमा निर्माण भएका विमानस्थलहरु मध्ये ११ वटा साना विमानस्थलको लगानी खेर जाने निश्चित नै छ ।

यस्ता खाले कतिपय विमानस्थल गाई भैँसीको चरनको निम्ति काम आइरहेको छ । नेपालमा ५३ विमानस्थलहरु छन् । जसमध्ये ३३ वटामात्रै संचालनमा रहेका छन् । २० वटा नाम मात्रका लागि छन् । गुल्मीमा पनि यस्तै खाले एक विमानस्थलको निर्माण भएको छ, जहाँ सानो टुइनअटर विमान मात्रै आउन सक्छ । डेमो उडान पनि भयो, एकाधवटा डेमो उडानपश्चात अब त्यसको निर्माणमा खर्च भएको करोडौँ रुपैयाँबाट चित्त बुझाउनुपर्ने अवस्था रहेको छ । विमानस्थलको निर्माण गर्दा संचालन खर्च सुरक्षा, अध्यागमन, प्रशासनीक खर्च, मर्मत सम्भार, यन्त्र उपकरण फेर गर्दा थप ऋण लिनुपर्ने सम्भावना लगायतका विषयमा ध्यान दिनुपर्ने हुन्छ । नेपालमा ठुला लगानीका परियोजना गरिब जनताका लागि होइन, ठुला बडाको सुविधा र नेताले मतदातालाई प्रभावित गर्ने उद्देश्यले निर्माण गरिन्छ । अन्तर्राष्ट्रिय उडान सहि ढंगले हुन सकेन भने यो हाम्रो निम्ति सेतो हात्ती मात्रै सावित हुनेछ । विमानस्थलको मर्मत र रन्वेको सुरक्षाका साथै कर्मचारीका लागि पनि मोटो रकम खर्च गर्नुपर्ने हुन्छ । काठमाण्डौं देखि सिमरा विमानस्थलको उडानमा १५–१६ मिनेट समय मात्रै लाग्ने गर्दछ, नजिकै निजगढबाट काठमाण्डौंसम्म फास्ट ट्रयाक निर्माणको काम जारी छ । भनिन्छ यसले डेढ दुई घण्टामै निजगढबाट काठमाण्डौं पु¥याउनेछ । यस्तो अवस्थामा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो ? काठमाण्डौं हेटौडालाई जोड्ने त्रिभुवन राजपथ र कान्ति राजपथको निर्माण मर्मतबाट पनि यो यात्रा छोटो हुन सक्छ । फास्ट ट्रयाकमा पनि अर्बौको लगानी आउने निश्चित छ । विमानस्थल उद्घाटनको दिन डेमो फ्लाइट गरेका पाइलटले पनि रन्वेदेखि भौगोलिक कठिनाई सम्मको विषयलाई उठाएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुनु हुँदैन भन्दै चिन्ता व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा लाग्ने लगानी उठाउने बिजनेश प्लान बिना यति ठुलो परियोजना अगाडी बढाउनु हुँदैन । नेपालले ५० वर्षमा पनि यस विमानस्थलहरुबाट लगानी उठाउन सक्ने छैन । भैरहवा प्राधिकरणबाट केही समय उडान हुन सकेन । लैन्डिङ्ग, पार्किङ्ग, नेभिगेशन शुल्क र सुरक्षा शुल्क सतप्रतिशत तथा ग्राउण्ड हेन्डलिङ्गमा ५० प्रतिशत छुट दिँदा पनि अन्तर्राष्ट्रिय वायु सेवाको उडान गर्न अन्तर्राष्ट्रिय समुदाय तयार हुन सकिरहेको छैन । भारत, अमेरिका, जापान र पश्मिेली राष्ट्रहरुले उपरोक्त विमानस्थलको उपयोग गरेमा यसको परिणाम सकारात्मक पनि आउन सक्छ, तर चिनियाँ लगानी र चिनियाँ ठेकेदारको नाम सुन्ने बित्तिकै उनीहरु भरसक विमानस्थलको उपयोग तयार हुने छैनन् । पोखरामा वाइडबडी विमान नउत्रेसम्म अन्तर्राष्ट्रिय उडान सम्भव हुन सक्ने छैन । जथाभावी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको औचित्य देखिदैन । त्यो पनि वैदेशिक ऋण र चर्को ब्याजदरमा ।

Comment


Related News