अपडेट 
२०७९ माघ १६, सोमबार ०८:३८

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए । उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

डिएसपी क्षेत्रीका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् ।

ईलाका प्रहरीको हिरासतमा रहेका क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बस्ने लागुऔषध मुद्दामा विनोद कुमार शर्मा, राष्ट्रसेवक र्कचारीलाई बाधा दिएको मुद्दाका क्षीनपा २ बस्ने अमिठ मण्डल र रोशन यादव, मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ बस्ने अभद्र व्यवहार मुद्दाका हरिदिप सिँह, वडा नं. ६ का हातहतियार तथा खरखाजाना मुद्दाका रोशन महतो र शँकर सिँह फरार भएका छन् ।

इलाका प्रहरीको भवन पुराने छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेको हुन्’, डिएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ ।’

Comment

Related News