अपडेट 
२०७९ माघ १६, सोमबार १५:१९

मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशील कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय सञ्जय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् ।

सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News