अपडेट 
२०७९ माघ १७, मंगलवार ०८:१०

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले बारा जिल्लाको कोल्हवी नगरपालिकामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान हस्तान्तरण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

समृद्धि आयोजनाका जनकपुरधाम करिडोर संयोजक मोती गिरीको अध्यक्षता तथा कोल्हवी नगरपालिकाका प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यशाला सोमबार सम्पन्न भएको थियो । कार्यशालामा गिरीले समृद्धि आयोजनाको बारेमा प्रकाश पार्नुको साथै कोल्हवी नगरपालिकामा आयोजनाले सम्पादन गरेका गतिविधि र सोको उपलब्धिका विषयमा जानकारी गराएका थिए । त्यस्तै,आयोजनाकै वित्तीय समावेशीकरण अधिकृत त्रिवेन्द्र कुमारले नगरपालिकामा भए गरेका प्रगतिकाबारे जानकारी गराए । आयोजनाका अनुसार सो नगरपालिकामा ३ वटा सहकारीहरु मार्फत १३ सय ९० जनालाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम प्रदान गरेको र कृषि समूह तथा सहकारीमार्फत ५ सय भन्दा बढीलाई तालिम प्राप्त गरिएको छ ।

उक्त आयोजनाका अनुसार सो पालिकाका २ वटा सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा न्यूनतम प्रविधि पहुँच कार्यक्रम अन्तर्गत सूचना प्रविधि सहयोग अन्तर्गत ल्यापटप, कम्पयुटर, प्रोजेक्टर, प्रिन्टर, इन्भर्टर जस्ता सामग्री प्रदान गरेको छ । नगरपालिकाले निकट भविष्यमा यस्ता तालिम तथा सहकारी क्षेत्रको प्रबर्द्धनका लागि कार्ययोजना तथा बजेट विनियोजनको गर्ने प्रतिबधता जाहेर गरेको छ । साथै कार्यशालाका दौरान नगर प्रमुखले आयोजनाबाट संचालित विपन्न घर धुरिलाई लक्षित गरी लैंगिक कार्यशाला सिकाई पद्धति कार्यक्रमलाई पनि अपनत्व ग्रहन गर्दै लागत साझेदारीमा सो कार्यक्रमलाई पालिकाका अन्य वडाहरूमा विस्तार गर्ने प्रतिबधता जाहेर गरेका छन् । समृद्धि परियोजनाका आपुर्ति श्रृंखला सुपरभाईजर राम भरोस चौधरी बाट सञ्चालित सो कार्यशालामा ११ वटा वडाका जनप्रतिनिधिहरु लगायत नगर सल्लाहकार, सहकारीकर्मी, पालिकाका सम्बन्धित शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

Comment

Related News