अपडेट 
२०७९ माघ १७, मंगलवार ०८:१३

शहीद दिवसको अवसरमा नेपाली काँग्रेस पर्साद्धारा सात जना कार्यकर्ता सम्मानित भएका छन् । नेकाँ पर्साले पार्टीमा लामो समयदेखि सक्रिय रुपमा लागेको भन्दै कार्यकर्ताहरुलाई सम्मानित गरेको छ ।

शहीद दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काँग्रेस पर्सा क्षेत्र नम्बर २का क्षेत्रीय कार्य समितिले उनीहरुलाई सम्मानित गरेको हो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्सा २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले दोसल्ला ओढाएर सम्मानित गरेका थिए । सम्मानित हुनेहरुमा हाजी तहुर अन्सारी , राम क्षेत्री पंडित , हदिस मियाँ मन्सुरी , चन्द्र नारायण सिंह रिजाल , लाल बहादुर प्रसाद कुर्मी , लाल महम्मद अन्सारी र मन्लाह अन्सारी रहेका छन् । शहीद दिवसकै अवसरमा काँग्रेसले वीरगन्जको नारायणी अस्पताल परिसरमा रहेको शहीद थीर बम मल्ल, घण्टाघर छेउको मधेशी पार्कमा मधेशी शहीद र गण्डक चोकमा रहेको शहीद तेज बहादुर अमात्यको शालिकमा माल्यार्पण गरी श्रद्धान्जलीसभाको आयोजना गरिएको थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एंव सांसद अजय चौरसियाले अहिलेको सत्ता समीकरणका कारण लोकतन्त्र,संघीयता र संविधान खतरामा परेको बताए । यसलाई जोगाउन लोकतन्त्रवादी राजनीतिक शक्तिहरु एकजुट हुन आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

प्रजातन्त्र,बहुदल,मधेशका अधिकार र गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सहादत दिएका शहीदको बलिदानी र त्यागकै कारण अहिले सम्मका राजनीतिक उपलब्धि हासिल भएको भन्दै यसलाई जोगाउन लोकतन्त्रवादीहरु सजग हुनुपर्ने बेला आएको उनले प्रष्ट पारे । क्षेत्रीय सभापति शाहबुद्धिन तथा केन्द्रीय सदस्य चौरसियाको विशेष उपस्थितिमा भएको कार्यक्रममा काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , काँग्रेसका जिल्ला उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक कुमार गुप्ता , कोषाध्यक्ष प्रेम बहादुर थापा ,सहसचिव मदन यादव , अनुशासन समिति संयोजक रमेश पाण्डे ,नगरसभापति मणिन्द्रलाल श्रेष्ठ, बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , महाधिवेशन प्रतिनिधिहरु दिना गुप्ता र रामरुप प्रसाद कुर्मी , राकेश सिंह , प्रकाश उपाध्याय ,महिला नेतृहरु मिन्टुदेवी सिंह , किरण सरकार , रम्भा मिश्रा , रुपा श्रेष्ठ ,नेताहरु रामजनम चौधरी , शिवनारायण राम , सरजुग महत्तो , मनोहर साह , सन्तोष सिंह , धीरज कुमार गुप्ता ,नेविसंघ पर्साका सभापति रमेश यादव , बुथ सभापतिहरु शेख निजामुद्दिन ,विश्वेसर पटेल, युवा नेता दिलिपराज कार्की , रामविनेश यादव लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News