अपडेट 
२०७९ माघ १७, मंगलवार १९:०८

ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन् ।

थुनाको देबाल फोडर फरार भएकाहरुमध्ये सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकको थुनुवा क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय अमित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको संयुक्त टोलीले खोजी गर्ने क्रममा अहिलेसम्म दुईजनालाई नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

फरार रहेका बाँकी ४ जनाको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News