
मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
झालाई तत्कालीन मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले २०७६ भदौँ २२ गते उपाध्यक्षमा नियुक्त गरेका थिए । नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको उनले बताए । यस अघि रहेका नीति आयोगका उपाध्यक्ष डा.हरिवंश झालाई हटाएर तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश प्राप्त गरेका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रूपमा प्रख्यात रहेका छन् ।