अपडेट 
२०७९ माघ १८, बुधबार ०७:३८

महोत्तरी प्रहरीले भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अंसारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशन कुमार यादव,जलेश्वर नगरपालिका–१का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका– ४का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमित कुमार मल्लिक रहेका छन् । यिनीहरुलाई भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय महोत्तरी, जलेश्वर र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडिबाट पक्राउ गरिएको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News