अपडेट 
२०७९ माघ १८, बुधबार १७:०१

वीरगंज/पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा आउने सेवाग्रहीहरूलाई नियतवस अनावश्यक दुःख दिने वा ढिलासुस्ती गर्ने कर्मचारीहरूमाथि कारवाही गरिने बताउनु भएको छ।

दांगबाट नियमित सरुवा भई पर्साको प्रमुख जिल्ला अधिकारीको कार्य सम्हाल्न आइपुग्नु भएका प्रजिअ रेग्मीले वीरगंजमा रहेर पत्रकारिता गर्दै आउनु आएका पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा सो प्रतिबद्धता जनाउनु भएको हो।

उहाँले मित्वययी प्रशासन र सहज सेवा प्रवाह अन्तर्गत नियमपूर्वक सेवा लिन आउने सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहका क्रममा कुनै पनि बहानामा व्यवधान हुन नदिई सहज र द्रूत सेवा दिन तत्पर रहेको बताउनु भयो।

नव आगन्तुक प्रजिअ रेग्मीले नेपाल सरकारको नीति अनुसार जिल्लामा सुशासन, शान्ति सुरक्षालगायतका सेवा प्रवाह एवं विकास निर्माण कार्यको अनुगमनलगायत विभिन्न समस्याको पहिचान गरि त्यसको सम्बोधन र समाधान गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको पनि बताउनु भयो। उहाँले पर्सा जिल्ला भारतसँग सीमा जोडिएको खुल्ला क्षेत्र भएकोले यहाँबाट हुने विभिन्न किसिमका वित्तीय, फ़ौजदारीलगायतका अपराध, तस्करी लगायतका अवैध तस्करी जस्ता अवैध गतिविधिमा पनि चासो देखाउनु भएको थियो।

सो अवसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बंजारा, पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी लगायत विभिन्न संचारसम्बद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।

Comment


Related News

Latest News

Trending News