अपडेट 
२०७९ माघ १८, बुधबार १९:४६

धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा उनलाई पक्राउ गरिएको हो ।

साहलाई सेवाग्राहीहरू संग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News