अपडेट 
२०७९ माघ १९, बिहीबार ०७:०८

जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तीव्रता दिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको छ । समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ । टोली बुधबार सर्लाहीको मलङ्गवा पुगेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ । पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ । स्थानीय तह र प्रदेश तथा संघको निर्वाचनमा पार्टीमा व्यापक अन्तरघात भएको भन्दै त्यस्ता नेता कार्यकर्ताहरुलाई कारवाहीकालागि सिफारिस गरिएको छ । तर, कुनै कुनै जिल्लाहरुमा पूर्वाग्रह भएर सिफारिस गरिएको चिठ्ठी केन्द्रमा पुगेपछि सवै जिल्लाहरुमा स्थलगत अवस्था बुझ्न थालिएको छ ।

बिना कारण कुनै नेता कार्यकर्तालाई कारवाही हुनु नपरोस भन्दै जसपाले अन्य पार्टी जस्तो सिफारिसकै आधारमा कारवाही नगर्ने भएको छ एक नेताले भने–‘स्थलगत अवस्था बुझेर कारवाही गरे पार्टी विधान विपरीत कार्य गर्नेलाई कारवाही हुने तर, जसले दिनरात मिहिनत गरेर पार्टी बनाउनमा लागे त्यो विचलित हुनेछैन् ।’ कुनै कुनै स्थानीय तह र प्रदेशसभा तथा संघमा कुरा नमिलेकै आधारमा कारवाहीकोलागि सिफारिस गरिएको पछि पार्टी स्थलगत अवस्था बुझ्न लागेको उनले बताए ।

Comment


Related News