अपडेट 
२०७९ माघ १९, बिहीबार ०७:२३

जनजागरण युवा क्लब बाराद्वारा संचालित एक्टिभ परियोजना अंतर्गत पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन गरिएको छ ।

गौर नगरपालिकामा सञ्चालन रहेको परियोजना सफल बनाउन तथा विद्यालय बाहिर रहेका बालिकालाई विद्यालयमा पहुंचको सुनिश्चितता गर्ने उद्देश्यले संजाल गठन गरिएको हो । नगर प्रमुख संरक्षण तथा उपप्रमुख संयोजक रहने गरी सञ्जालको गठन गरिएको परियोजनाको सहयात्रा कार्यक्रमको कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिए । गठन गरिएको सञ्जालको सदस्यमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर , सामाजिक विकास अधिकृत उत्तम भट्टराई , महिला तथा बाल बालिका शाखा प्रमुख सलोनी केसरी , स्वास्थ्य शाखा प्रमुख दीनबंधु यादव सदस्य रहेका छन् ।

नगरपालिका स्त्तरीय बाल क्लब सञ्जालको उपाध्यक्ष गरी २ जना , सामुदायिक विद्यालयका प्राधानाध्यापक मोहम्मद इस्लाम , बाल क्लब टिकुलिया बाट लक्की झा , नंदनी कुमारी , शिक्षा शाखा प्रमुख नागेंद्र प्रसाद मण्डल , नगर क्षेत्र भित्र रहेका बिशेष आवश्यकता भएका बालबालिका अध्यापन गराउने विद्यालय बाल मंदिरको तर्फबाट प्रधानाध्यापक गणेश प्रसाद यादव सदस्यमा रहेका छन् । २१ सदस्यीय संजालका बाँकी सदस्यको मनोयन सञ्जालको बैठकले गर्ने कार्यक्रम संयोजक यादवले बताए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , वड़ा अध्यक्षद्वय शिव शंकर यादव , अबध बिहारी साह , सामुदायिक विद्यालयका प्रधानाध्यापक , बाल क्लबका प्रतिनिधिसहित आयोजक सस्था र सहयोगी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comment

Related News