२०७९ माघ १९, बिहीबार ०७:२५

मलंगवा । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुलाई सम्मान गरेका छन् ।

बुधबार एक कार्यक्रमबीच शहीदहरुको प्रतिमामा पूmलमाला अबिर लगाएर सम्मान गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समन्वय समिति सर्लाहीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवले शहादत प्राप्त गरेका शहीदहरुको सम्मान गरी आफ्नो कार्यकालको शुरुवात गरेको बताए । सम्मान कार्यक्रममा पूर्व सांसद प्रमोद साह तथा अशोक यादवले अर्थमन्त्रीको कार्यकालको सफलता संगै जिल्लामा संगठन विस्तार कार्यमा सक्रिय भूमिका निर्वाह गर्न मन्त्री यादवलाई सुझाव दिएका दिए । अर्थमन्त्री यादवले सबैको सहयोग र सहकार्यबाट आपूm मन्त्री बनेको बताउँदै सबैको सुझाव, सल्लाह अनुसार मधेश प्रदेशको विकासमा भूमिका निर्वाह गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News