अपडेट 
२०७९ माघ १९, बिहीबार ०७:२८

रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालनमा रहेको फुलतारा डेरी उद्योगको संचालक माथि कानूनी कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

दूधमा अखाद्य वस्तु मिसाएर विक्री वितरण गर्ने डेरी उद्योगको संचालकमाथि कारबाही गर्न परिषदले ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष रामा शंकर यादवको नेतृत्वमा गएको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाई ज्ञापनपत्र बुझाएको छ । दूध ,घ्यू ,मिठाई लगायतका खाद्य सामग्रीमा पशुको बोसो र केमिकल मिसाएर विक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मंगलबार छापामारी गरी १० क्विन्टल भण्डारण गरेको अवस्थामा केमिकल बरामद गरेको थियो । डेरी संचालकले भैँसीको बोसो प्रयोग गरेर हिन्दू धर्ममाथि प्रहार गर्न खोजेकोले सूक्ष्म रुपमा अनुसन्धान गरी कड़ा कÞानूनी कारबाही गर्नु पर्ने मांग अघि सारेको छ । कारबाही नगरिए कड़ा रुपमा आन्दोलन गर्ने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी चापागाईले बरामद भएको अखाद्य वस्तुको परीक्षण गराइ कÞानूनी कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गरे । यसैबीच रौतहट जिल्लाको गौर नगरपालिका–५ मा संचालनमा रहेको फुलतारा डेरी उद्योगलाई सील गरी पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजानिक गरेको छ । स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेको रौतहट जिल्लाको राजपुर नगरपालिका–१ पिपरा भगवानपुरका डेरी उद्योग संचालक शेख समीम , संचालकका भाई २७ बर्षीय मोहमद मतीउल्लाह ,बच्चा खानको २४ वर्षीय छोरा ईफान खान र गरुडा नगरपालिका–८का शेख फकीरको २३ वर्षीय छोरा मोहमद समसे आलमलाई प्रहरीले सार्वजनिक गरेको छ । त्यस्तै अखाद्य बस्तु केमिकल र बोसोको परीक्षण गर्नको लागि खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवाको टोलीले नमुना लगेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय , गौर नगरपालिका , कर कार्यालय , रौतहट उद्योग बाणिज्य संघ , राष्ट्रिय अनुसन्धान , वड़ा अध्यक्ष तथा पत्रकारको रोहवरमा नमुना संकलन गरी पुनः डेरी उद्योगलाई सील गरिएको प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले जानकारी दिएका छन् । भैसीको बोसो तथा भारतबाट केमिकल ल्याएर दूध , दही , घ्यू , मिठाई ,केक लगायतका खाने सामान बनाएर विक्री गर्ने गरेको उद्योगको सुरक्षाको लागि प्रहरी परिचालन समेत गरिएको छ । ४ बर्ष देखि सञ्चालनमा रहेको उक्त उद्योगका संचालकले अखाद्य बस्तु मिसावट गरी त्यार पारिएको परिकार गौर लगायत काठमाण्डु समेत पठाउने गरेको बुझिएको छ ।

Comment


Related News