अपडेट 
२०७९ माघ १९, बिहीबार ०७:३२

गौर नगरपालिकाका प्रमुख शम्भू साहले मुलुकको चौथो विद्यालयको रुपमा स्थापना भएको जुद्ध उच्च माध्यमिक विद्यालयलाई डिजिटल विद्यालयको रुपमा बनाउने बताएका छन् ।

बुधवार ८३ औ बार्षिकोत्सवको अवसरमा विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख साहले प्राविधिको विकास तीव्र रुपमा हुँदै गएकोले विद्यार्थीहरुलाई विद्युतीय माध्यमबाट अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको बेला इभेन्ट परियोजनाबाट विद्यालयमा साइकल स्टैंड , भवनको निर्माण सँगै बाटोको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको भन्दै मेयर साहले आफू नगर प्रमुख भएकोले आफ्नै अवधिमा विद्यालयको अधुरो रहेको छात्रावासको निर्माण कार्य समेत सम्पन्न गराउने बताए । विद्यालयमा रहेको ल्याबको अवस्था खराब भएको हुँदा नगरपालिकाबाट छिट्टै सञ्चालनमा ल्याउने बताउँदै नगर प्रमुख साहले जिल्लामा पहिलो माध्यमिक विद्यालयको रुपमा स्थापना भएको जुद्ध माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने बताए । विद्यालयमा अनुशासन विद्यालयको गहना भएकोले अनुशासन कायम गरी सो को पूर्ण पालना गरिदिन शिक्षक तथा विद्यार्थीलाई आग्रह गरे । विद्यालयको सञ्चालन व्यवस्थापन शैक्षिक स्तर उकास्न बेला बेलामा राय सुझाव तथा आवश्यक मार्ग निर्देशन प्रदान गरी दिनका लागि पूर्व शिक्षकहरुलाई समेत उनले आग्रह गरे । विकास निर्माणको कार्यमा सहयोग गर्ने भन्दा बाधा अवरोध पु¥याउने व्यक्तिको संख्या बढ़ी भएको उनले टिपण्णी गरे । नगर प्रमुख साहले भने,‘योजनाको जानकारी दिए विकास विरोधी तत्व हाबी भई हाल्छन् । विद्यालयको विकासको लागि योजना बनाएर अघि बढिरहेका छौँ।’

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख राम विनय कुमार सिंहले जुद्ध माध्यमिक विद्यालय पुरानो विद्यालयको रुपमा रहेकोले विद्यालयलाई प्राविधिक रुपमा विकास गर्नुपर्नेमा जोड़ दिए । उनले विद्यालयमा प्राविधिक तालिम , बोर्डको व्यवस्थापन गर्नका लागि नगर प्रमुखलाई आग्रह समेत गरे । वड़ा अध्यक्ष विनोद चौधरीको सभापतित्वमा भएको बार्षिकोत्सव कार्यक्रममा विद्यालयबाट सेवा अवकाश प्राप्त भएका शिक्षक रामदेव झा , उदय शंकर झा ,सीताराम प्रसाद , जयराम सहनी, विन्दा सहनी , उदयकांत चौधरी , सुदामाराज भण्डारी , सत्यनारायण साह , शंकर ठाकुर ,रमेश श्रीबास्तव , राम इकÞबाल राय यादव , प्रवीण ठाकुर , नागेंद्र प्रसाद मंडल , लालबहादुर शास्त्री , दीर्घ नारायण मिश्रलाई नगर प्रमुख साहले दोसल्ला ओढाएर सम्मान गरेका थिए । पूर्व शिक्षक चन्देश्वर राउत ,विजय किशोर झा , बैधनाथ साह , सोजाय महमद अंसारी , अनिल राज भंडारी , कालिकांत झा , सत्यनाथ झा , अमोध कुमार झा , भिखारी राय यादव ,पूर्व कार्यालय सहयोगी तुलसी प्रसाद सिंह , सुरेन्द्र झा लाई कार्यक्रममा सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News