अपडेट 
२०७९ माघ १९, बिहीबार ०९:२८

धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी हिरासत तोडेर भागेका ६ थुनुवामध्ये थप एक जना थुनुवा पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।

गत आईतबार विहान ३ः३० बजेको समयमा प्रहरीको हिरासतको पर्खाल फोडेर भागेका विभिन्न मुद्दाका ६ जना थुनुवामध्ये ४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

अझै दुई जना थुनुवा फरार रहेको छ ।

Comment

Related News

Latest News

Trending News