अपडेट 
२०७९ माघ १९, बिहीबार १६:२८

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ।

जानकी मन्दिर जनकपुरका महन्थ राम तपेश्वर दास, पूर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पुजा गर्दै श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् ।

अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो । गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो ।

शिलालाई धनुषाबाट अयोध्या पुर्‍याई सकेको छ । भारतको उत्तरप्रदेशस्थित गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिर पुर्‍याई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलाको विशेष पूजा गर्दै औपचारिक रुपमा ग्रहण गरि बिहीबार राम मन्दिर ट्रष्टको जिम्मा लगाइएको हाे  ।

Comment


Related News