अपडेट 
२०७९ माघ २०, शुक्रबार ०८:१७

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

वीरगञ्जमा बिहीबार आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सो चेतावनी दिएका हुन् । सरकारमा समावेश दलका मन्त्री तथा नेताहरुले संघीयता र समावेशीता जस्ता मधेश आन्दोलनको उपलब्धि समाप्त गर्ने षड्यन्त्र गरिरहेको कारण जसपाले दिएको समर्थन फिर्ता लिने समय आएको बताउँदै उनले भने,‘ सरकारका मन्त्रीहरुनै संघीयता र समावेशीताको विरोधमा लागि रहेकाले सरकारलाई दिएको समर्थन हामी फिर्ता मात्रै लिँदैनो , सडक संघर्षमा पनि उत्रिन्छौ ।’ त्यसका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेता यादवले भने,‘मधेशका सयौ युवाहरुले शहादत दिएको संघीयता माथि कुनै प्रकारको खतरा देखियो भने तपाईहरु आन्दोलनको लागि तयार रहनुहोस ।’ ‘मधेश आन्दोलनबाट नै मुलुकमा संघीयता स्थापित भएको हो । समावेशीता , मधेशीको पहिचान जस्ता राजनीतिक रक्षाका लागि जसपाले जस्तो सुकै कदम पनि चाल्न सक्छ ।’उनले चेतावनीसमेत दिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई इतिहासकै लाचार प्रधानमन्त्रीको संज्ञा दिँदै अध्यक्ष यादवले भने ,‘ सरकारमै रहेका मन्त्रीहरुले संघीयता , समावेशीता र धर्मनिरपेक्षता खारेज गर्ने अभिव्यक्ति दिए पनि प्रधानमन्त्रीले स्पष्टीकरण सोध्छु भनेर लाचारी नभए अरु के हो र ? प्रधानमन्त्री भनेको त संविधानको सबै भन्दा ठूलो रक्षक हो ।

सविधान विरोधी अभिव्यक्ति दिने मन्त्रीलाई सिधै कारबाही गर्ने पो हो , स्पष्टीकरण सोध्छु भनेर लाचारी प्रदर्शन गर्नु होइन ।’ प्रतिनिधिसभामा १२ सिट भए पनि राष्ट्रिय राजनीतिमा जसपाको भूमिका महत्वपूर्ण रहेको भन्ने नबिर्सिन उनले सत्तारुढ दललाई सचेत गराए । संघीयता कांग्रेस र कम्युनिष्टहरुको मुद्धा कहिले पनि नरहेको भन्दै नेता यादवले संघीयता समाप्त पार्ने षडयन्त्र विफल पार्न जसपा सचेत रहेको र आवश्यक परे फेरि आन्दोलनमा उत्रिन तयार रहेको बताए । संघीयता , लोकतन्त्र र संविधान अहिले पनि खतरामा रहेको दोहो¥याउँदै अध्यक्ष यादवले भने ,‘ विगत ३० वर्षको इतिहासमा संसदमा मधेशीको प्रतिनिधित्व अहिले सबैभन्दा कम ( १६ प्रतिशत मात्र) छ , पहिलो संविधानसभामा ३४ प्रतिशत थियो , अहिले संसदमा संघीयता नचाहने शासकहरुको उपस्थिति ९८ प्रतिशत छ , त्यस कारण संघीयता , लोकतन्त्र र संविधान खतरामा छ । मंसिरको निर्वाचनमा देश भित्रकै आन्तरिक र देश बाहिरको बाह्य शक्तिको षडयन्त्रका बाबजुद पनि जसपा राष्ट्रिय दल बन्न सफल भएको जिकिरसमेत उनले गरे । मंसिर ४ को निर्वाचनमा एमालेसंग तालमेल गर्ने जसपाको निर्णय सही भएको उनको दाबीसमेत थियो । यादवले भने ,‘ कांग्रेसले गठबन्धनमा ९ सिट मात्रै दिएर जसपाको अस्तित्व नै समाप्त पार्ने षडयन्त्रमा थियो , त्यही थाहा पाएर एमालेसंग चुनावी तालमेल ग¥यौ, जसका कारण हामी राष्ट्रिय दल बन्न सफल भयौ , कांग्रेससंग गठबन्धन गरेका लोसपा र एकीकृत समाजवादी राष्ट्रिय दल पनि बन्न सकेनन् , हामीले पनि कांग्रेससंग गठबन्धन गरेको भए हाम्रो पनि हबिगत त्यही हुन्थ्यो । त्यसका कारण एमालेसंगको चुनावी तालमेल गर्ने जसपाको निर्णय आज सही साबित भएको तर्क उनले गरे ।

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वनमन्त्री एवम् सांसद प्रदीप यादव ,जसपाका केन्द्रीय सदस्य मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतका नेताले आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News