अपडेट 
२०७९ माघ २०, शुक्रबार १८:३३

धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट एकजना बिचौलिया पक्राउ गरेको छ ।

सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै गर्दा महोत्तरीको सोनमा गाउँपालिका ४ बस्ने ३० वर्षीय आदित्य यादवलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको गोप्य सूचनाको अधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News