२०७९ माघ २१, शनिबार ११:०२

मधेश प्रदेशमा सबैभन्दा बढी रौतहटका चारजना मन्त्री भएका छन् ।

दुई फुल र दुई राज्य गरी रौतहटबाट चार जना मन्त्री सरकारमा सहभागी भएका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्दा रौतहटबाट थप तीन जना मन्त्री बनेका छन् । यसअघि नै जनमत पार्टीको तर्फबाट प्रदेश सरकारकारमा सहभागी भइ प्रदेश सांसद वसन्त कुशवाहा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालि सकेकाका छन् भने शुक्रवार पुनः मन्त्रिपरिषद् विस्तार हुँदा एक फुल र दुई राज्य गरी तीन जना मन्त्री थपिएको छ । जनमत पार्टीका सांसद कुशवाहा कृषि मन्त्री छन् भने नेकपा एमालेको तर्फबाट मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् । त्यस्तै,जनता समाजवादी पार्टी नेपालको तर्फबाट शेख अब्बुल कलाम आजाद भनिने शेख फुलबाबु सामाजिक विकास राज्य मन्त्री बनेका छन् भने केशव राय चौधरी नेकपा एमालेको तर्फबाट गृह तथा सञ्चार राज्य मन्त्री बनेका छन् ।



आम जनता पार्टीका अध्यक्ष प्रभु साहको टीमबाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका चौधरी शुक्रवार नै प्रभु साहको साथ छाड्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेका चौधरी प्रदेश सरकारको राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । एउटै जिल्लाबाट प्रदेश सरकारमा चार जना मन्त्री भएपछि रौतहटमा अब विकास निर्माणको कार्य फड्को मार्ने भन्दै रौतहटवासी निकै खुसी भएका छन् ।

Comment


Related News

Latest News

Trending News