अपडेट 
२०७९ माघ २२, आईतवार १५:३५

पाकिस्तानका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेश मुसरफको निधन भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार त्यहाँस्थित संवाददाताले यो पुष्टि गरेका छन् ।

रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको समाचारअनुसार मुसरफ ७९ वर्षका थिए भने लामो समयदेखि बिरामी थिए । उनी दुबईको एक अस्पतालमा उपचाररत थिए ।

शरीरका अंग निस्क्रिय हुने रोग उनलाई लागेको थियो । उनको जन्म ११ अगस्त १९४३मा भारतको दिल्लीमा भएको थियो ।

१९४७ मा भएको विभाजन हुँदा उनी पाकिस्तानको कराँची गएका थिए ।

Comment


Related News

Latest News

Trending News