अपडेट 
२०७९ माघ २२, आईतवार १५:३९

स्वतन्त्र रूपमा निर्वाचित प्रदेश सांसद सरदाशंकरप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर–२ ‘क’ बाट निर्वाचित कलवार आइतबार जसपामा प्रवेश गरेका हुन् ।

गएको मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा उनले नेकपा (एमाले)बाट उमेदवार बनेका बलवीर चौधरी र नेकपा (माओवादी केन्द्र)बाट उमेदवार रहेका मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । ‘बागी’ उमेदवार बनेका कलवार आफ्नै पार्टीमा फर्किएका जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

मधेस प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादवलगायत नेताले उनलाई पार्टीमा स्वागत गरे । योसँगै मधेस प्रदेशसभामा जसपाको सांसद संंख्या १९ पुगेको छ ।

Comment

Related News