२०७९ माघ २५, बुधबार ०८:५१

जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद सिके राउतले आफ्नो पार्टी मधेशमा नयाँ शक्तिको रुपमा उदाएको र आगामी दिनमा संगठनलाई अझ सशक्त रुपमा अगाडि बढाइने बताएका छन् ।

वीरगञ्जमा आयोजित वृहत् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले पर्सा जिल्लामा विगतमा संगठन कमजोर रहे पनि अब संगठनलाई नयाँ उचाइमा पु¥याउने बताए । मधेशका मुद्दाहरूलाई मधेशवादी राजनीतिक दलले सत्तामा पुग्ने भ¥याङ बनाएका कारण आज मधेशी जनताले ती दलहरूलाई ठेगान लगाएको बताउँदै आफ्नो पार्टीले मधेशका मुद्दाहरू कहिल्यै नछोड्ने धारणा राखेका थिए । कार्यक्रममा नारायणी अस्पतालका पूर्व सुपरिटेन्डेन्ट तथा रेडियोलोजिष्ट डा.शिवशंकर यादव, अधिवक्ता हरिहर साह, जनता समाजवादी पार्टीका युवा नेता मुकेश दिवेद्वी, रेडियो समग्र मधेशका प्रबन्ध निर्देशक श्याम गुप्ता, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जटाशंकर साहलगायत सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनमत पाटीमा प्रवेश गर्नेहरूलाई केन्द्रीय अध्यक्ष राउतले फूलमाला तथा अबिर लगाई गम्छा ओढाएर सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News