अपडेट 
२०७९ माघ २५, बुधबार ०९:०८

मिडिया काउन्सिल मधेश प्रदेश धनुषाको आयोजनामा सञ्चारको अवस्था र आचारसंहिता पालना बारे एक दिवसीय अन्तरक्रिया कार्यक्रम रौतहटमा सम्पन्न भएको छ ।

रौतहटमा सञ्चालन रहेको संचारमाध्यमको अवस्था तथा कार्यरत संचारकर्मीहरुले पत्रकार आचारसंहिताको पालनाको विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशमा सञ्चारको अवस्था दयनीय रहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । मधेश प्रदेश सरकार सञ्चारको विकास तथा पत्रकारको सुरक्षा ,अधिकार तथा विकासप्रति गम्भीर नभएको चर्चा गर्दै पत्रकारिता पेशालाई मर्यादित स्वच्छ बनाउन पत्रकारहरुका लागि तयार पारिएको पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा सबैले जोड दिए । कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पूरी, केन्द्रीय सदस्य रिंकु मिश्रले पत्रकारितामा राजनीतिकरण हुनु नपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभापति प्रेमचन्द्र झाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले नेपाल सरकारले चौथो अंगको रुपमा परिभाषित गरिएको सञ्चारको विकासमा विभेद गरेको आरोप लगाएका थिए भने काउंसिलका सदस्य बंदना झा , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , वरिष्ठ पत्रकार प्रभात कुमार झा , रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल , प्रेस चौतरीका अध्यक्ष उत्तम उपाध्याय , समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव , प्रेस सेन्टरका अध्यक्ष सुब्बा कार्कीलगायतले संचारको अवस्था र आचार संहिताको पालनाको बारेमा आ आफ्नो धरणा राखेका थिए ।

Comment

Related News