अपडेट 
२०७९ माघ २५, बुधबार ०९:१६

बर्दिवास नगरपालिका– १४ सुगमबस्तीका सादिम आलकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले दोषीलाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत बालिका हत्यामा दोषी ठहर भएका महोत्तरीले बर्दिवास– १४ सुगमबस्तीमै घर रहेका अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको छ। फैसलामा उनलाई आजीवन काराबासमा राख्न भनिएको छ । अदालतले पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश दिएको छ। महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले सोमबार सो फैसला भएको जानकारी दिए । न्यायाधीश रामचन्द्र खड् काको इजलासले सो फैसला गरेको हो । साहमाथि अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दा लगाइएको छ ।

के थियो घटना ?

०७७ साल मंसिर ७ गते आइतबार साझ बर्दिवास १४ सुगमबस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुन घर अगाडिबाटै हराएकी थिइन्। उनको शव सोमबार मध्यरातमा भेटिएको थियो । सोही बेला दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बर्दिवासका स्थानीयले आन्दोलन चर्काएका थिए । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड गोली चलाएको थियो। सोही क्रममा बर्दिवास– १ का संजय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

बालिका हत्या दोषी साहमाथि अर्को पनि कर्तव्य ज्यान मुद्दा

आरोपि साहले लकडाउनकै समय गत वैशाख २८ गते गौशाला नगरपालिका वडा नं. ४ बिर्ताका ४४ वर्षीय काठको काम गर्ने मिस्त्री दिलित ठाकुरको हत्या आरोपमा पक्राउ परेका थिए। उक्त हत्या आरोपमा साहलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएकोमा जिल्ला अदालत महोत्तरीबाट उनी एकलाख धरौटीमा छुटेका थिए। तत्कालै उनले धरौटी रकम बुझाउन नसक्दा उनी केही दिन थुनामै बसेका थिए। उनीमाथि ढुंगाले किचेर ठाकुरको हत्या गरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News