अपडेट 
२०७९ माघ २५, बुधबार १५:१४

भुक्तानी माग्दै निर्माण व्यवसायीहरुले मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका छन् । उनीहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम गरेपनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

गत आर्थिक वर्षहरुमा प्रदेश सरकारको दर्जनौं विकास निर्माणको काम गरेका उनीहरुले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर मन्त्रालय घेराउ गरेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले जानकारी दिए ।

यता, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर सबैको भुक्तानी गरिने आश्वासन दिएका छन् । उनले सबैको भुक्तानीका लागि मुख्यमन्त्री पनि सकारात्मक देखिएकोले भुक्तानी हुने कुरामा ढुक्क रहन आग्रहसमेत गरे ।

Comment

Related News