२०७९ माघ २६, बिहीबार ०८:१५

जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न आधुनिक पार्किंग स्थलको निर्माण गर्ने भएको छ । उपमहानगरपालिकामा विद्यमान ट्राफिक समस्या समाधानका लागि कार्यालयद्वारा पार्किंग स्थलको निर्माण हुन लागेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जानकारी दिए । उपमहानगरको वडा नं. ८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठामा निर्माण हुने पार्किंग स्थलको माघ २७ गते शिलान्यास गरिने कार्यक्रम रहेको छ ।

अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको समय पार्किंग स्थलको निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने विश्वास लिइएको छ । नगर क्षेत्रका मुख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने गरेका कारण नगर क्षेत्र नै अस्तव्यस्त देखिन थालेको छ । उपमहानगरपालिकाले सडक पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ ।

ट्राफिक व्यबस्थापनका लागि उपमहानगरपालिका, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा काम गदै आएको भए पनि पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी साधन निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ । विशेष गरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवार ीसाधन पार्किङ्ग गरिदै आएको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News